रुससँग कोभिडविरुद्धको खोप खरिदका लागि सरकारले पठायो पत्र



काठमाडौं । सरकारले रुसमा उत्पादित कोभिड–१९ विरुद्धको खोप प्रयोग र सहयोग प्राप्त गर्ने सन्दर्भमा आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेको छ । विश्वभर कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट फैलिरहेकै बेला सरकारले हालै रुसको खोप निर्माता सरकारी कम्पनीलाई खोपसम्बन्धी आवश्यक कागजातसहित विस्तृत जानकारी पठाउन अनुरोध गर्दै पत्राचार गरेको हो ।

रुसी प्रत्यक्ष लगानी कोषका कार्यकारी अधिकृत किरिल डिमिष्ट्रिएभलाई केही समयअघि नै त्यस सम्बन्धमा पत्रचार गरिएको सचिव डा रोशन पोखरेलले जानकारी दिए ।

पत्रमा भनिएको छ, ”कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सहायताका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छौं, नेपाल सरकारले विभिन्न कम्पनीद्वारा उत्पादित खोप लिने नीति लिएको छ । यो खोप विश्व स्थास्थ्य सङ्गठनको मापदण्ड अनुरुप हुनुपर्नेछ ।”

राष्ट्रिय खोप सल्लाहकार समिति, स्वास्थ्य सेवा विभागको सिफारिशअनुरुप खोपसम्बन्धी थप कागजात एवं दस्तावेज उपलब्ध गराउन कम्पनीलाई आग्रह गर्दै कागजात प्राप्त भएपछि समिति समक्ष प्रस्ताव गरिने विषय पत्रमार्फत उक्त कम्पनीलाई जानकारी गराइएको छ । पत्रमा भनिएको छ,“नेपालमा हाल कोभिड–१९ नियन्त्रणमा रहेको र विश्वमा पनि सङ्क्रमण नियन्त्रणमा होस् भन्ने नेपाल चाहना राख्छ ।”

रुसी सरकारी अनुसन्धान संस्था ‘गामालिया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी’द्वारा उत्पादित खोप स्पुतनि–भी खरिद प्रक्रिया र नेपालमै उत्पादन सम्भावनाको जानकारी माग गरिएको बताइएको छ । रुसमा रहेका नेपालीको सहयोग र सम्पर्कका आधारमा उत्पादक संस्था गामालियाले नेपाल सरकारसँग समन्वय गरेपछि नेपाली संस्था रियालन्स ट्रेड एण्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिले हाल सहजीकरण गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वडीआईजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि

क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणको स्रोत सुनिश्चित गर्दै सरकार, वर्षामा आवागमन नरोकिने

काभ्रेपलाञ्चोक । सरकार क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ ।

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

काठमाडौँ । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ

सहकर्मीसँग फेसबुकबाट ‘नमरी बाँचे, कालले साँचे…’, भन्दै बिदा भए हितेन्द्रदेव

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सेवा अवधि सकिएर