अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक



काठमाडौँ । सरकारले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएको भन्दै अर्को आदेश नभएसम्मका लागि अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिन आइतबार निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेकका सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि युरोप, अमेरिका, इजरायल लगायतका मुलुकले अफ्रिका भ्रमणमा रोक लगाएका छन् भने विदेशी नागरिकलाई अनिवार्य १४ क्वारेन्टीन बस्नुपर्ने नियम लागू गरेका छन् । त्यस्तै अफ्रिकी मुलुकमा हुने उडानसमेत स्थगित गरेका छन् । ओमिक्रोन अफ्रिकी मुलुक लगायत केही युरोपेली देशमा समेत देखापरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहङ्कारको सीमा

-डा. गोविन्दशरण उपाध्याय । हाम्रो ब्रह्माण्ड प्रत्येक सेकेन्डमा ६०० किलोमिटर फैलिरहेको छ ।

राज्यप्रति युवापुस्ताको किन धर्मरायो विश्वास ?

काठमाडौँ। राजनीतिक परिवर्तन पछाडि मुलुकले जनअपेक्षाअनुसार आर्थिक समृद्धिको लक्ष्य पक्रन सकेको देखिन्न ।

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन