सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा पनि भएन सुनुवाइ



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेपनि न्यायाधीशहरु इजलासमा नबस्दा कुनै पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश जबराले आठवटा इजलासमा पेसी तोकेका थिए । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो । ती सबै इजलासमा ‘बेञ्च नबसेको’  जनाइएको छ ।

यसअघि न्यायाधीशले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका थिए । तर आज ती मुद्दामा पनि सुनुवाइ भएन । यही कात्तिक ७ गते आइतबारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै न्यायाधीशहरुले मुद्दामा सुनुवाइ गर्न इन्कार गर्दै आएका छन् । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ