पहिलो चरणमा ४८ कामदार बुधबार दक्षिण कोरिया जाँदै



काठमाडौं । २० महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन् ।

कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन् । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ । कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ । दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

  काठमाडौँ । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै

चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका- १ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको

वनमा डढेलो लागेपछि बस्तीमा छिरे वन्यजन्तु

सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ