पूर्वसुरक्षाकर्मी परिषद्ले भन्यो-भुटानी मोडेलको राजसंस्था हामीलाई आवश्यक छैन



काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्भभौमिकता माथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको बताएको छ । मंगलबार काठमाडौंमा कार्यक्रम गरी परिषद्ले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आम नेपालीलाई एकजुट हुन आग्रह गरेको हो ।

भारतीय पूर्वराजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाडौं डिले’मा‘ रिसेटिङ इण्डिया–नेपाल टाईज’ मा नेपाल र नेपालीको स्वाभिमान माथि गम्भीर आक्रमण भएको, नेपालको अहित हुनेगरि भारतले विगतमा नेपाल विरुद्व गरेका अक्षम्य अपराधहरुको भरण पोषण गरेको समेत परिषद्को आरोप छ ।

कार्यक्रममा पुर्व डिआईजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर गरिरहेको प्रयास र नेपाली जनताको सार्वभौमसत्ता माथि सधै खेलिरहने भारतको मनसाय कायमै रहेको बताए ।

भारतसंग मैत्रीपूर्ण सम्बादबाट समस्याको समाधान खोजिनुपर्ने समेत उनको भनाई रहेको छ । राष्ट्रियता बचाई राख्न कुटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उनले पूर्व सुरक्षा निकायमात्रै नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेला आईसकेको उनको धारणा रहेको छ । कहिले पनि कसैको गुलाम नभएको देशको राष्ट्रियता माथी कसैले सवाल उठाउँछ भने पूर्व सुरक्षाकर्मी कुनैपनि हालतमा चुप लागेर नबस्ने समेत उनको चेतावनी छ ।

त्यस्तै, कार्यक्रममा पूर्वजर्नेल डा. प्रेमसिह बस्न्यातले विकासका नाममा एमसीसी भित्राउन र कोही भूटानी मोडेलको राज्य स्थापना गरि सिक्कीमे लेन्डुप बनाउने अभिप्राय रहेको हुँदा यस्तो लोन्डुपे प्रवृतीको विरुद्व एक भई उभिनुपर्नेमा जोड दिए । सार्वभौम स्वतन्त्रता र स्वाधिनतालाई कुल्चने भु्टानी मोडलको राजसंस्था आवश्यक नरहेको उनको भनाई छ ।

यदि देश र जनतालाई आवश्यक महशुस भए नेपालीले नै आवश्यकता अनुसारको राजसंस्था स्थापना गर्न सक्षम रहेको उनले बताए । सुगौली सन्धिपछि नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक सुरक्षा सबैभन्दा कमजोर दुर्बल भएको, नेपाली जनता निर्णायक नभै विदेशीहरु निर्णायक रहदै आएको उनको भनाई छ । तिनै तत्वहरुले नेपाली धर्म सस्कृती, नेपाली भाषा, नेपाली सेना, नेपाल प्रहरी सबैलाई कमजोर बनाउँन खोजेको समेत उनको दाबी छ ।

त्यस्तै, घाइते तथा अपांग संघ तथा भुपु सुरक्षाकर्मी संघका उपाध्यक्ष हिमाल अर्यालले विकासको नाममा एमसीसी भित्राउन र कोही भुटानी मोडेलको राज्य स्थापना गरी सिक्कीमे लेन्डुप बनाउने अभियानमा आएको हुँदा लेन्डुपे प्रवृतिका बिरुद्ध कटिबद्ध भई अगाडी बढ्ने चेतावनी दिए । उनले भने,‘हाम्रो सार्वभौम स्वतन्त्रता र स्वाधिनतालाई कुल्चने भुटानी मोडेलको राजसँस्था हामीलाई आवश्यक छैन् । देश र जनतालाई आवश्यक महसुस भए नेपालीहरु नै राजसंस्था स्थापना गर्न सक्षम छौ ।’
कार्यक्रममा संयोजक केबी रावतले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै, खुम्बु हिमनदी छोटिँदै

  सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय

अख्तियारद्वारा कपिलवस्तु मालपोतका नायब सुब्बा ३० हजार घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित पक्राउ परेका

युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा

ललितपुरमा आगलागीमा परी घाइते भएका दुई बालिकाको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा आइतबार आगलागीमा परी घाइते भएका दुई बालिकाको मृत्यु भएको