हामी प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको समर्थन र विरोधमा लाग्दैनौंः अध्यक्ष ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको समर्थन र विरोधमा नलाग्ने बताएका छन् । प्रेस चौतारी मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले स्वतन्त्र, निष्पक्ष र शक्तिपृथकीकरणको सिद्धान्तबमोजिमको न्यायालय चाहेको बताएका हुन् ।

उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्ने बताए । उनले भने, ‘सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ । कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ ।’

अहिले एमालेको चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अंगको रूपमा हेर्ने बनाउने भएको उनको भनाइ थियो । अध्यक्ष ओलीले अदालतको राजनीतिक दाउपेच र गुटबन्दीमा आफूहरु नपर्ने बताए ।

उनले भने, ‘हामीलाई अदालतको राजनीतिक दाउपेच, अशोभनीय गुटबन्दी र त्यहाँभित्रका खिचातानीमा पर्नु छैन । लोकतन्त्रविरुद्धको ५ जनाको फैसलालाई लिएर जुन उहाँहरु कुरा गरिरहनु भएको छ, त्यो फैसला आएपछि बारले डेलिगेसन गइकन इजलास तोकेको होइन र ?’

उनले लोकतन्त्रको स्तम्भ र देशका तीन वटा अंगमध्येका एउटा अंग सर्वोच्च अदालत जस्तो ठाउँमा यस्तो क्रियाकलाप हुन नहुने बताए । संवैधानिक इजलासका बारेमा पहिलेदेखि नै प्रश्न उठेको पनि ओलीको भनाइ छ ।

सत्ता गठबन्धनले अहिले प्रणालीमाथि नै प्रहार गरेको उनले आरोप लगाए । उनले भने,‘प्रक्रियागत ढंगले विभिन्न अंग र राज्यका निकायहरुलाई कमजोर पारेर प्रणालीनै कमजोर पार्ने प्रयास भइरहेको छ । तर एमाले जस्तो पार्टी र सचेत जनता भएकोले सिस्टमलाई असफल पार्न सम्भव छैन।’ अध्यक्ष ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

सिधाकुराको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा

भैंसेपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क भैंसेपाटीमा एक समूहले आक्रमण गरेको

भारतका प्रधानन्यायाधीश चन्द्रचुड काठमाडौंमा

काठमाडौं । भारतका प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त चन्द्रचुड काठमाडौं आएका छन् । प्रधानन्यायाधीश