सरकारको कामकारबाहीप्रति गगन थापा असन्तुष्ट



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले काठमाडौंमा गरेको कार्यक्रममा थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौं । फेरि हामीले अब अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ । यो बेला सम्हालिनु पर्नेछ । हाम्रा अगाडि केही मौकाहरु अहिले पनि छन् ।’

थापाले विद्युत खपत बढाउने विषयमा सोच्न प्राधिकरणलाई आग्रह गरे । त्यस्तै उनले प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न पनि प्राधिकरणका कर्मचारीलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज