वाढी, पहिरो प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न भागमा अविरल वर्षाका कारण गएको बाढी पहिरो र डुबान प्रभावितको उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

मंगलबार बिहान गृहमन्त्री बालकृष्ण खाँणलाई प्रधानमन्त्री निवासमा बोलाएर प्रधानमन्त्री देउवाले बाढी पहिरो प्रभावितको तत्काल उद्दार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले सामाजिक संजालमार्फत भनेका छन्, ‘सदुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु।’

अविरल वर्षापछि आएको बाढी पहिरोका कारण मुलुकका विभिन्न भागका ठूलो क्षति पुगेको छ । वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरका सयौं घर डुबानमा परेका छन् भने मुलुकका विभिन्न भागमा काटेर सुकाएको धान खेतमै डुबानमा परेको छ । त्यस्तै कतै सडक अवरुद्ध भएका छन् भने कतै घर घत्किएर मानवीय क्षति समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीलाई विश्वासको मत लिन रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिन लागेको विश्वासको मत रोक्न माग

एमालेले रविको नाम राखेर संसदीय समिति नबन्ने बताएपछि जुटने कार्यदलमा सहमति

काठमाडौं । सहकारी प्रकरणमा छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन गठित

डेल कम्पनीको नक्कली लोगो मोनिटरमा टाँसेर बिक्री गर्ने दुईजना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली लेवलिङ गरेर कम्प्युटर बिक्री गरेको आरोपमा एक विदेशी नागरिकलाई

हाम्रो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै हुँदैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत