एसीसीए नेपाल र एनसिए कलेज अफ मेनेजमेन्टको संयुक्त आयोजनामा ५० वटा कलेजका शिक्षकलाई तालिम



काठमाडौं । एसीसीए नेपाल र एनसिए कलेज अफ मेनेजमेन्टको संयुक्त आयोजनामा गत शनिबार पोखरामा गण्डकी प्रदेशका ६ जिल्लाका विविए, वीवीएस विषय अध्यापन गराउने ५० वटा कलेजका शिक्षकलाई तालिम दिइएको छ । पोखरास्थित होटल पोखरा ग्रान्डीमा गण्डकी प्रदेशका कास्की, तनहु, स्याङ्गजा, पर्वत, बाग्लुङ र म्याग्दी गरी ६ जिल्लाका ११ र १२ कक्षामा तथा वीवीए तथा वीवीएसमा लेखाशास्त्र विषय अध्यापन गराउने ५० वटा कलेजका शिक्षक/शिक्षिकाहरुलाई हाल परिवर्तित पाठ्यक्रममा समावेश गरिएको केही नयाँ पाठ्यसामग्रीलाई समेत मध्यनजर गरी Certificate in International Financial Reporting Standard (Cert-IFR) सम्वन्धी एक दिने तालिम दिइएको हो । कार्यक्रमको उद्घाटन सत्रमा एसीसीए नेपालका प्रमुख रविन कट्वालले तालिममा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए । साथै अतिथिहरुलाई एन.सी.ए. कलेजका अध्यक्ष सुरेश पण्डितले टोकन अफ लभ प्रदान गरे ।

त्यसैगरी राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेल, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, पोखरा विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्रा.डा.दयाराज ढकाल, पृथ्वी नारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइराला, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य र सोही महाशाखाका सल्लाहाकार एवं पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा.रामचन्द्र पोख्रेलले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए कार्यक्रममा कास्की जिल्लाका हिसान, प्याब्सन, एनप्याब्सन र विभिन्न शिक्षक संगठनका अध्यक्षहरुको पनि उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलले तालिम अत्यन्तै सान्दर्भिक रहेको र कलेका प्रतिनिधिहरुले आफूले सिकेको कुराहरु आफ्ना सहकर्मीहरुलाई समेत बताउनुपर्नेमा जोड दिए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले ए.सी.सी.ए.समकालिन विश्वमा अत्यन्त सान्दर्भिक रहेको कारण यसले विश्वभरी लोकप्रियता हासिल गरेको उल्लेख गर्दै यसका बारेमा शिक्षा क्षेत्रमा कार्यरत सबैले जानकारी लिनु पर्ने सुझाव दिए । पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा.दयाराज ढकालले यस्तो महत्वपूर्ण तालिम संञ्चालन गरेकोमा ए.सी.सी.ए. नेपाल र एन.सी.ए. कलेजलाई धन्यवाद ज्ञापन गर्दै यसबाट हासिल गरिएको सीप र ज्ञानलाई पूर्णरुपमा सहभागीहरुबाट उपयोग हुने विश्वास व्यक्त गरे । यसै गरी कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी

थानेश्वर गौतमले नेपालको सन्दर्भमा International Financial Reporting Standard को महत्वको वारेमा विस्तृत रुपमा प्रकाश पारे ।

एन.सी.ए.कलेजले नेपाली विद्यार्थीलाई विगत १७ बर्षदेखि निरन्तर रुपमा गुणस्तरिय ए.सी.सी.ए. व्यावसायिक शिक्षा प्रदान गर्दै आएको छ भने सन् २०१० मा कलेजको अध्ययन/अध्यापनको गुणस्तर मापन गरि द एशोसिएसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्ले Approved Learning Partner-Gold को मान्यता दिएको छ । शिक्षा मन्त्रालयबाट ए.सी.सी.ए. तयारी कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो GoldStatus  कलेज हो भने ए.सी.सी.ए. बेलायतको  The Association of Chartered Certified Accountants, UK द्वारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो ।

एक दिने तालीमको पहिलो शत्रमा कलेजका प्रतिनिधि जगदीश भट्टराई र दोश्रो शत्रमा कर्ण थापाले प्रशिक्षण दिएक थिए भने ए.सी.सी.ए.का बारेमा अध्यक्ष सुरेश पण्डितले जानकारी दिएका थिए । कार्यक्रमको अन्तमा राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष पौडेल र पोखरा महानगरपालिका शिक्षा महाशाखाका सल्लाहाकार एवं पृथ्वी नारायण क्याम्पसका प्राध्यापक डा.रामचन्द्र पोख्रेलले संयुक्तरुपमा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए । कार्यक्रम सञ्चालन कलेजका शिक्षा विभाग प्रमुख नारायण आचार्यले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य