एनआरएनएको अध्यक्ष पदमा कूल आचार्यको उम्मेदवारी घोषणा



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए । आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गर्न अनलाईन कक्षाहरु संचालन गर्ने, एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

उनले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौता गर्ने आश्वासन दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य