सम्पर्कबिहीन ११ प्रहरीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयद्वारा सूचना जारी
काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत साउनदेखि सम्पर्कबिहीन ११ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ । उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन भन्दै सार्वजनिक सूचना जारी गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले गएको साउनदेखि हाजीर नभएका प्रहरी नायव निरीक्षकसहित ११ जनाको नामावली आइतबार सार्वजनिक गरेको हो । प्रधान कार्यालयको सम्पर्कमा आउन उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनको समय दिइएको छ ।
तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनीसमेत प्रधान कार्यालयले दिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशीसहित ११ प्रहरी सम्पर्कबिहीन बनेका हुन् ।
प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस र डम्बर दियाल पनि सम्पर्क बिहीन बनेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।