प्रतिनिधिसभा बैठक बस्दै, आजपनि बैठक अवरुद्ध पार्ने एमालेको तयारी



काठमाडौं । प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आइतबार पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

संघीय संसद् सचिवालयले आजको बैठकका सम्भावित २३ कार्यसूची तय गरेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ । शनिबार बसेको एमाले स्थायी समिति बैठकले अवरोध कायमै राख्ने तर सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ ।

शुक्रबारको बैठक अवरोध गर्ने क्रममा एमालेका सांसदहरुले बेल घेराउ गर्दै रोष्टमतर्फ अघि बढ्ने प्रयास गरेका थिए । सोही क्रममा केही सांसदहरूले सभामुख तथा अर्थमन्त्रीलाई रोक्ने क्रममा आक्रमणको प्रयास नै गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

  काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी

कैलालीको तेडी बाध नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

  कैलाली ।  कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आइतबार

अघिल्लो सरकारले जिबी राई भगाएको भन्ने बेतुकको कुरा होः प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै संसद्को गतिरोध अन्त्य

मधेस प्रदेश सरकारबाट एमाले पनि बाहिरियो, मन्त्रीले दिए राजीनामा

जनकपुरधाम । नेकपा एमाले पनि मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार नेकपा