एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशतमा र पूर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडविरुद्धको पूर्ण खोप लगाएकामध्ये ९० प्रतिशतमा एन्टिबडी बनिसकेको जनाएको छ । मन्त्रालयले गरेको सर्वेक्षणबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभर ६८.६ प्रतिशत व्यक्तिमा कोभिड १९ एन्टिबडी देखिएको हो ।

एक मात्रा खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘स्वास्थ्य मन्त्रालयले कोभिड १९ संक्रमणको अवस्थालाई सुक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरीका ६ महिना भन्दा बढी उमेरका व्यक्तिलाई समेटी संकलित नमुनाहरुमध्ये १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । यस सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरी ६८.६ प्रतिशत नमुनामा कोभिड १९९ एन्टीबडी देखिएको छ ।’

२०७८ असार २१ देखि ३० सम्ममा संकलित नमुनाहरुमध्ये १३ हजार एक सय ६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो । कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुबै डोज लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अरुण तेस्रो आयोजना प्रभावितलाई १६ वर्षपछि मुआब्जा वितरण

खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश

इजरायली प्रधानमन्त्रीको चेतावनीः बन्धक रिहा नगरे आक्रमण सुरु गर्छौं

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको

‘महाकुम्भबाट नेपाल पनि हुनसक्छ लाभान्वित ’

कमलकुमार बस्नेत, प्रयागराज । यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको