यात्रुसँग सभ्य आचरण प्रदर्शन गर्न ट्राफिक प्रहरीलाई प्रहरी महानिरीक्षकको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिष्ट, सभ्य र व्यावसायिक आचरण प्रदर्शन गर्न ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुख, सातै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्याममार्फत निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणमा गम्भीरतापूर्वक कर्तव्य निर्वाह गर्न आग्रह गरे ।

प्रविधिको प्रयोगमा जोड दिन आग्रह गर्दै प्रहरी महानिरीक्षक थापाले पूर्ण पेशागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न पनि निर्देशन दिए । उनले सडक सुरक्षा, सडकमा हुने दुर्घटना न्यूनीकरणमा मौलिक योजना तथा रणनीति तयार गरी अगाडि बढ्न आग्रह गरे ।

कार्यक्षेत्रमा खटिने सिलसिलामा व्यक्तिगत सुरक्षाप्रति सचेत हुँदै कार्यालय तथा सडकमा सम्पर्कमा आउने सेवाग्राहीलाई सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्नुपर्नेमा जोड दिए ।

उनले आर्थिक पारदर्शीता तथा शून्य सहनशीलता नीतिअनुरुप कार्य सम्पादन गर्न पनि सुझाव दिएका छन् । प्रहरी महानिरीक्षक थापाले परिस्थितिको मूल्याङ्कन गरी स्वविवेकको प्रयोगमा चुक्न नहुनेमा जोड दिँदै कोभिड–१९ को जोखिममा पूर्ण सावधानी अपनाउन आग्रह गरे ।

उनले स्थानीयस्तरसँग समन्वय गरी ट्राफिक व्यवस्थापनलाई चुस्त पार्नु आजको आवश्यकता भएको औँल्याए । प्रहरीको भौतिक संरचना, सिसिटिभी जडान जस्ता कार्यक्रममा स्थानीय तह, जनप्रतिनिधि तथा सङ्घ संस्थासँग समन्वय गरी दुर्घटना न्यूनीकरण प्रभावकारी बनाउन पनि निर्देशन दिए । उनले प्राप्त जिम्मेवारीलाई परिणाममुखी बनाउन पनि निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेट अभावले रोकिए बहुवर्षीय सडक योजना

म्याग्दी ।  म्याग्दीमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालित सातवटा बहुवर्षीय सडक आयोजना निर्माण ठप्प

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किदा एकको मृत्यु, पाँच घाइते

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको

विद्युत् र सिँचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख डलर ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी

यातायात व्यवसायीसँग छलफल गर्न सरकारले बनायो आठ सदस्यीय समिति

काठमाडौँ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ