माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिवद्धतापछि डा. केसीद्वारा सत्याग्रह स्थगित



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै डा. केसीले सत्याग्रह स्थगित गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र केसीबीच भेटघाट भएको थियो । भेटघाटमा केसीले आफ्ना मागबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीले माग पूरा गर्न प्रतिबद्धता जनाएका थिए ।

डा. केसीले पनि विज्ञप्ति जारी गरी प्रधानमन्त्रीबाट प्रतिबद्धता आएकाले तत्कालका लागि सत्याग्रहको कार्यक्रम स्थगित गरिएको जनाएका छन् । उनले ५ बुँदे माग राखेर भदौ ३ गतेबाट सत्याग्रह थाल्ने अल्टिमेटम दिएका थिए ।

प्रधानमन्त्री देउवाले सार्वजनिक पदहरुमा पदाधिकारी नियुक्ति गर्दा स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएको डा. केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन