प्रहरी पेट्रोल पम्पमा कार्यरत असईविरूद्ध एक करोड भन्दाबढी रकम अनियमितता गरेको अभियोगमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) विरूद्ध एक करोड रुपैयाँ भन्दा बढी माग दावी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

प्रहरी कल्याण कोषले नक्सालमा सञ्चालन गरेको पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको भन्दै अख्तियारले एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो ।

असई कार्कीले पेट्रोल पम्पमा रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा अनुसन्धान गर्दा उनले विक्री भएको तेलको वास्तविक रकम दाखिल नगरी एक करोड तीन लाख ९७ हजार ९३७ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको अख्तियारले दावी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला सुरक्षा समितिलाई गृहमन्त्रीको निर्देशनः तत्काल लाभग्राहीहरुको विवरण पठाउनु

ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति

खसी कस्तो किन्ने ? सिङमा हरियो रङ छिटेको हेर्नुस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा,

बिपी राजमार्गमा रोकिएका सवारी साधन भकुण्डे–तेमाल मेच्छेपौवा सडकबाट गन्तव्यतर्फ पठाइँदै

धुलिखेल । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ ।