एनआरएनद्वारा ब्रिटिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण



काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एनआरएनएको टोलीले प्रधानमन्त्री देउवासँग भेट गरी सफल कार्यकालका लागि शुभकामना गरेको हो ।

भेटमा अध्यक्ष पन्तले हालसम्म संघले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

यस्तै पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरुको उद्धार, नेपाल ल्याइएका श्रमिकहरुको पुनःस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत अध्यक्ष पन्तले आग्रह गरे ।

यस्तै भेटमा संघका पूर्वअध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका ब्रिटिश गोर्खाको सत्याग्रहको विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक रुपमा पहल गरिदिन आग्रह गरे । यस्तै उनले लामो समयदेखि विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भए बमोजिम छिट्टै गैरआवासीय नेपाली नागरिकता लगायतका विषय टुंगो लगाउने प्रतिबद्धता जनाएका छन् ।

भेटका क्रममा संघका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जोमसोम बजार जोगाउन धमाधम तटबन्धन गरिँदै

मुस्ताङ । बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ भएको छ

बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी । बेनी–दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख

परिवारबाटै यौन दुव्र्यवहारमा परेकी बालिकालाई आमाको जिम्मा नलगाउन उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले निवेदकको मागबमोजिम छोरीलाई जैविक आमाको जिम्मा लगाउनु पर्ने

समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।