बैंकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौँ । सर्वोच्च अदालतले बैंकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको छ । माछापुच्छ्रे बैंक कर्मचारी संघको तर्फबाट दायर रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

बैंक सामाजिक सुरक्षा कोषमा सूचीकृत हुँदा आफूहरुले हाल प्राप्त गरिरहेको सुविधामा कमी आउने भन्दै कर्मचारीहरूले रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमाथि मंगलबार भएको सुनुवाइपछि अन्तरिम आदेश जारी भएको हो ।

यो मुद्दालाई अबको ४५ दिनमा पुनः इजलासमा पेस गरिने भएको छ । तत्कालका लागि भने बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आउन सरकारले गरेको निर्णय कार्यान्वयन नहुने गरी यथास्थितिमा रहेन भएको छ ।IFrame

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले बौद्ध

माटोको ढिस्कोमा पुरिएर कैलालीमा एकजनाको मृत्यु

गोदावरी (कैलाली) । कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर शनिबार एक महिलाको मृत्यु भएको

बालन्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बालन्यायको महत्व र आवश्यकतालाई सम्बोधन गर्न

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम