गृह मन्त्रालयले भन्यो-दार्चुला घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्छौं



काठमाडौं । गृह मन्त्रालयले दार्चुला घटनाको छानबिनका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीसहितको टोली घटनास्थल पुगेको जनाएको छ । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गरी जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली घटनास्थलमा पुगेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन दिइसकेको र घटनाको वास्तविक सत्य तथ्य जानकारी तथा खोज उद्दारको लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल ४४ नं. गण र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिई घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ।’

घटनाको अनुसन्धान भइरहेकाले तथ्य पुष्टि नभएकाले भ्रम सृजना गर्ने गरी सूचना सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई माओवादीका विभाग प्रमुखहरुको सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी

भक्तपुरमा  प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा करिव दुई करोडको क्षति, दुई घाइते

  भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोटमा सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाइ

बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

    बाँके । तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक

सीप मेलामा दश हजार भन्दाबढीको आवेदन

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला