माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोही हुन्ः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिएका हुन् ।

उनले आगामी चुनावमा एमालेले दुईतिहाइ ल्याउने डरले आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताए । उनले भने, ‘माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रो हुन् । उनका लागि अब एमालेमा कुनै किसिमको ठाउँ छैन । आफ्नै सरकार ढाल्नेले अध्यक्षले माग्दा समेत विश्वासको मत दिएनन् । तर दक्षिणपन्थी सरकारलाई विश्वास छ भन्दै दलको ह्विप उलंघन गरेर फ्लोर नै क्रस गरेर हिँडे।’

अध्यक्ष ओलीले १५ वर्ष पार्टी प्रमुख भएर छाडेपछि माधव नेपाललाई छटपटी भएको बताए । उनले आफ्नो बलबुताले पार्टीलाई दुईतिहाइ नजिक पुर्याए पनि माधव नेपालले दक्षिणपन्थीहरुसँग साँठगाठँ गरेर यो अवस्थामा ल्याएको पनि आरोप लगाए ।

उनले भने, ‘हाम्रो मिहिनेतले पार्टीलाई दुईतिहाइ नजिक पुर्याएका थियौँ। तर माधव नेपालहरुले दक्षिणपन्थीसँग मिलेर आफ्नै सरकार ढालिदिए। आफ्नै दलको सरकार ढालेपछि दक्षिणपन्थीसँग मिलेर सरकार बनाएका छन्। अनि संविधानको रक्षा गर्यौँ भन्दैछन्।’ ओलीले एमाले फेरि एक पटक उठ्ने बताउँदै कार्यकर्ताहरुलाई निराश नभइ अभियानमा होमिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

  सल्लेरी (सोलुुखुम्बु) ।  सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट

नेम्वाङले १६ हजार नौ सय ४४ मत प्राप्त गर्दा कांग्रेसका खड्काको ११ हजार दुई सय ७३ मत

  फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल

दुर्गा प्रसाईंंको हतियार इजाजत दिन नमिल्ने र देशभर लैजान पाउने गरी इजाजत नदिइएको छानबिन समितिको निष्कर्ष

  काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन