काठमाडौंमा जोन्सन एन्ड जोन्सनको खोप साउन ४ देखि लगाइने
काठमाडौं । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाडौंमा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।
कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।
\अमेरिकाबाट सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरिसकेको छ ।
मंगलबारदेखि सुरु भएको भेरोसेलको पहिलो डोज खोप कार्यक्रम सञ्चालन भएकै ४४ वटा खोप केन्द्रबाट जोन्सन एण्ड जोन्सनको खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समितिले गरेको छ ।