उपरथीमा बढुवा भएका राणालाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले पाइलट सहायक रथीबाट उपरथीमा बढुवा भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । ७ असारको मन्त्रिपरिषद्को निर्णयअनुसार राणाको पदोन्नति भएको थियो । जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
उपरथीमा पदोन्नति भएका पालइट उपरथी राणालाई श्री सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।