मातृधर्मलाई आत्मसात गर्दै देश र जनताको हितमा काम गरेकै कारण सबैको विश्वासमा काम गर्न अनुकूलता मिल्योः प्रधानसेनापति थापा



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सङ्गठनलाई विधि र प्रणालीमा अघि बढाउने चालेको कदम सोचेभन्दा सन्तोष ढङ्गबाट अघि बढेको बताएका छन् ।

नेपाली सेनाको नेतृत्व संहालेको एक हजार दिन पूरा भएको उपलक्ष्यमा आइतबार आयोजित पत्रकार भेटघाटमा प्रधानसेनापति थापाले घोषणा गरेका कार्यक्रम कार्यन्वयनका लागि गरिएको प्रतिबद्धता, लिएको सङ्कल्प र अठोटको कसीबाट मूल्याङ्कन गरिंदा सन्तोष लिने धेरै ठाउँ रहेको बताएका हुन् ।

उनले भने, “सैनिक ऐनको मस्यौदा तयार, प्रतिरक्षा विश्वविद्यालय स्थापना, सङ्गठनको तीन प्लस वान कमाण्ड अवधारणा, सिपाहीको १६ वर्षमा पेन्सन हुने व्यवस्था र सङ्गठन पुर्नसरचना योजनाजस्ता महत्वपूर्ण एवं दूरगामी कार्यक्रम अघि बढेको छ ।” प्रधानसेनापति थापाको कार्यकालमा सफा हिमाल अभियान, सिपाहीसग प्रधानसेनापति सम्वाद, तीन महिने रोलकल, सैनिक आचार सप्ताह, राशन गुणस्तरमा सुधारजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो ।

प्रधानसेनापतिमा २०७५ भदौ २४ गते तीन वर्षे कार्यकालका लागि नियुक्ति पाएका थापाको कार्यकाल आगामी भदौ २३ गतेम्म रहेपनि आजैदेखि नेतृत्व हस्तान्तरण प्रकृयाको विन्दु प्रारम्भ गरेको जानकारी दिए । प्रधानसेनापति थापाले सकल दर्जालाई एक हजार दिन पुगेको उपलक्ष्यमा सम्बोधन गर्दै अब आफू नेतृत्व हस्तान्तरण प्रकृया विन्दुको चरणमा पुगेको जानकारी गराएका थिए ।

सङ्गठनको ओज र गरिमा बढाउन आफूले चालेका विधि, प्रकृया, प्रणाली र पद्दति पूर्ण कार्यान्वयन भएसँगै सेनाको शान, मान र सम्मान स्वतः स्थापित हुने भन्दै प्रधानसेनापति थापाले मातृधर्मलाई आत्मसात गर्दै देश र जनताको हितमा काम गरेकै कारण सबैको विश्वासमा काम गर्न अनुकूलता मिलेको बताए । उनले भने, “सङ्गठनभित्र आउने जस्तो सुकै समस्या विधि र प्रणालीका आधारमा समाधान खोज्ने नेतृत्वमा अठोट हुनुपर्छ ।”

प्रधानसेनापति थापाले सैनिक सङ्गठनभित्र ठेक्कापट्टाका नाममा अनियमित र दायाँवायाँको कुनै सम्भावना र गुन्जायसको अवस्था नरहेको स्पष्ट पारे । प्रधानसेनापति थापाले कोभिड–१९ सङ्क्रमण नियन्त्रण प्रतिकार्यमा विशेष योगदान पुर्याएका दुई हजार १०९ जना सकल दर्जालाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट