फ्रान्सले पठाएको स्वास्थ्य सामग्री विशेष जहाजमार्फत काठमाडौं आइपुग्यो



काठमाडौं । कोरोना महामान्त्री नियन्त्रणका लागि फ्रान्सले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । फ्रान्स सरकारले पठाएको स्वास्थ्य सामग्री लिएर एयरबसको जहाज बुधबार बिहान काठमाडौं आएको हो ।

नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई सामग्री हस्तान्तरण गरेका छन् ।

फ्रान्सले पाँच लाख चार हजार मास्क, २० हजार एन्टिजेन किट, १२ हजार चस्मा लगायतका सामग्री नेपाल पठाएको हो । स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिएका छन् । स्वास्थ्यमन्त्री त्रिपाठीले फ्रान्स र युरोपेली युनियनलाई कोरोना विरुद्धको खोपको लागि सहजीकरण गरिदिन पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइनबाट हुने दुव्र्यवहारका घटना बढ्दै

काठमाडौँ । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुव्र्यवहारका घटना वृद्धि भएका छन् । सामाजिक

फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश

  काठमाडौँ । सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा

माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा हुने

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध

निजामती सेवामा चौधौं तहसम्म रहने

काठमाडौं । संसदीय समितिमा संघीय निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटेको