कुनमिङबाट हिमालय एयरलाइन्सले २ लाख डोज खोप काठमाडौं ल्याउने



काठमाडौं । चीन सरकारले अनुदानमा दिने कोभिडविरुद्धको २ लाख डोज खोप हिमालय एयरलाइन्सले निःशुल्क ल्याइदिने भएको छ । हिमालय एयरलाइन्सले उक्त खोप युनान प्रान्तको कुनमिङबाट निःशुल्क नेपाल ल्याइदिने भएको हो । विज्ञप्ति जारी गरी हिमालय एयरलाइन्सले कुनमिङमा गर्ने कार्गो उडानका क्रममा २ लाख डोज खोप ल्याउने जनाएको छ ।

चार उडानबाट कूल ४१७ वटा खोपका बक्स काठमाडौं ल्याइने हिमालयले जानकारी दिएको छ । एउटा उडानमा हिमालयले १०५ बक्स ल्याउनेछ । पहिलो उडान मंगलबार बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

यसमा पहिलो लट आएको हिमालयले जानकारी दिएको छ। यो निःशुल्क ढुवानीबाट सरकारलाई २ करोड रुपैयाँ सहयोग पुगेको हिमालय एयरलाइन्सले जानकारी दिएको छ । बाँकी ८ लाख डोज खोप नेपाल एयरलाइन्सले बेइजिङबाट आजै ल्याउँदै छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा कोष बलियो बनाउन आवश्यक भएको

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका

अनलाइनबाट हुने दुव्र्यवहारका घटना बढ्दै

काठमाडौँ । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुव्र्यवहारका घटना वृद्धि भएका छन् । सामाजिक

फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश

  काठमाडौँ । सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा