राष्ट्रपति भण्डारीद्वारा खोप सहयोग माग्दै अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्दै नेपाललाई कोभिडविरुद्धको खोप सहयोग गर्न अनुरोध गरेकी छन् ।

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाएको पत्र शनिबार हस्तान्तरण गरेका छन् ।

नेपालको राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका पठाएको पत्रलाई शनिबार राजदूत खतिवडा अमेरिकाको विदेश मन्त्रालयमै पुगेर हस्तान्तरण गरेका हुन् । त्यस क्रममा राजदूत खतिवडाले मसिन्गालाई नेपालको महामारी र खोप योजनाबारे जानकारी गराएको दूतावासले जनाएको छ ।

खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न मुलुकले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा पनि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । यसअघि जेठ १२ गते पनि राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्राचार गर्दै नेपाललाई खोप सहयोग गर्न अनुरोध गरेकी थिइन् । त्यसको भोलिपल्ट बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गर्दै खोप खरिदमा सहजीकरण गरिदिन लागि अनुरोध गरेकी थिइन् ।

त्यस क्रममा राष्ट्रपति सीले नेपाललाई १० लाख खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख डोज खरिद गर्न पनि पत्राचार गरिसकेको छ । त्यस क्रममा राजदूत खतिवडाले सबै खोप जान्सेन फार्मास्युटिकल कम्पनीबाट खरिद गर्ने मनसाय पनि मसिन्गासमक्ष व्यक्त गरेका थिए ।

जवाफमा मसिन्गाले अमेरिकी सरकारको नेपालको वर्तमान महामारीलाई लिएर गहिरो सहानुभूति रहेको बताएका दूतावासले जनाएको छ । दूतावासका अनुसार उनले अमेरिकी सरकारले सकेसम्म कोभ्याक्स र द्विपक्षीय व्यवस्थापनमार्फत नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने प्रक्रियालाई छिटो अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्मारका ’स्क्याम सेन्टर’मा कार्यरत नेपालीसहित २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त

बीबीसी । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न ‘स्क्याम सेन्टर’मा

शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा कोष बलियो बनाउन आवश्यक भएको

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका

अनलाइनबाट हुने दुव्र्यवहारका घटना बढ्दै

काठमाडौँ । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुव्र्यवहारका घटना वृद्धि भएका छन् । सामाजिक