चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरमा वनमन्त्री आलेको फोटोसहितको स्टीकर !



काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्लामा सकृय कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको भन्ने गुनासो आएपछि गृह जिल्ला डोटीमा स्वास्थ्य सामग्री लिएर गएका छन् । स्वास्थ्य सेवा विभागबाट प्राप्त ३० वटा एचडियु श्यया, खाली १५ अक्सिजन सिलिन्डर तथा आफ्नो लगानीमा ६० वटा थप सिलिण्डर खरिद गरी ७५ थान भरिएका अक्सिजन सिलिन्डर, सर्जिकल मास्क एकलाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टेटर मेसिन, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजरलगायत स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिन्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, सेनिटाइजर मन्त्री आलेले व्यक्तिगत लगानीमा किनेर प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले बताएका छन् ।

मन्त्री आलेले पठाएका स्वास्थ्य सामग्री कम्तिमा पनि एक करोड बराबरको रहेको बताइएको छ । यसैगरी मन्त्री आलेले मङ्गलबार यहाँको सुदूरपश्चिम प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिन्डर, मास्क ५० हजार एन्टिजेन किट, रेम्डेसिभिर, सर्जिकल मास्क, सेनिटाइजर लगायतका सामग्री वितरण गर्ने कार्यक्रम छ । तर चीनले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र विभागबाट प्राप्त औषधिमासमेत मन्त्री आलेको फोटोसहितको स्टीकर टाँसेपछि त्यसको आलोचना भएको छ । सरकारी सामग्रीमा मन्त्रीले आफ्नो स्टीकर टाँसेको हो कि होइन ? प्रधानमन्त्री ओलीले छानविन गर्न लाउनुपर्छ र यदि दुरुपयोग भएको हो भने तत्काल कारबाही गर्नुपर्छ । गर्लान् त ओलीले यो काम ?
तस्बिर सामाजिक संजालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरधाममा अनधिकृतरुपमा सञ्चालित अस्पतालका सञ्चालक सरकारको अनुगमनविरुद्ध आन्दोलित

जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । मधेश

म्यान्मारका ’स्क्याम सेन्टर’मा कार्यरत नेपालीसहित २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त

बीबीसी । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न ‘स्क्याम सेन्टर’मा

शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा कोष बलियो बनाउन आवश्यक भएको

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका