सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ७५ लाख बजेट



भक्तपुर । सांसद महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेकोे सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ ।

सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेका ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले बिहीबार ७५ लाख बजेटको व्यवस्था गरेको छ । सांसद बस्नेतले बिहीबार अर्थ र स्वास्थ्य मन्त्रालयमा छलफल गरी अक्सिजन प्लान्ट सञ्चालनका लागि उक्त बजेटको व्यवस्था गरेका हुन् ।

उनले भने, “कोभिड–१९ को दोस्रो लहरको महामारीमा सञ्चालनमा आउन लागेको नगर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने आवश्यकता देखेर मैले पहल गरेँ, आजै ७५ लाखको बजेट व्यवस्थापन गर्ने निर्णय भयो, अब छिट्टै अक्सिजन प्लान्ट पनि शुरु हुन्छ ।” यसअघि उनकै पहलमा यस अस्पताललाई आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि एक करोड ५० लाख बजेटको व्यवस्था गरेका थिए

बस्नेतले भने, “केही दिनअघि मात्रै अर्थमन्त्री, स्वास्थ्यमन्त्री र सचिवहरूसँग छलफल गरेर भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क निर्माण गर्न भक्तपुर अस्पताललाई तीन करोड ८० लाख, नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई तीन करोड १२ लाख ७० हजार र सूर्यविनायक अस्पतालका लागि समेत गरेर सङ्घीय सरकारबाट आठ करोड एक लाख ७० हजार बजेट व्यवस्था गरेको थिएँ, थप बजेटको व्यवस्था गरियो, जनताको स्वास्थ्य र सुरक्षाका लागि जनप्रतिनिधिको हैसियले सक्दो प्रयास गर्छु ।”

उनले भक्तपुरका जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर आफू लागिरहेको भन्दै यो सङ्कटको बेलामा विरोध गर्नेभन्दा पनि सहयोगको हात फैलाउनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरधाममा अनधिकृतरुपमा सञ्चालित अस्पतालका सञ्चालक सरकारको अनुगमनविरुद्ध आन्दोलित

जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । मधेश

म्यान्मारका ’स्क्याम सेन्टर’मा कार्यरत नेपालीसहित २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त

बीबीसी । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न ‘स्क्याम सेन्टर’मा

शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा कोष बलियो बनाउन आवश्यक भएको

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका