कपिलवस्तुमा माओवादी केन्द्रका नेतासहित दुई जनामाथि गोली प्रहार



कपिलवस्तु । कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको छ । तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

उनको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुईवटा गोली लागेको प्रहरीले जनाएको छ । पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा पनि गोली लागेको छ ।

तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका ३ जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको अधिकारीले बताए । घाइते दुबैको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । प्रहरीले घटनाकाबारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

मुग्लिन । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

काठमाडौं। चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो। चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

–सुवास दर्नाल सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको