नेपाललाई सहयोग गर्न राष्ट्रसंघलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक सारा बेयसोलो न्यान्तीबीच आइतबार भेटवार्ता भएको छ । संयोजक न्यान्तीले ट्विटरमार्फत् प्रधानमन्त्री ओलीसँगको भेटबारे जानकारी गराएकी हुन् ।

भेटमा प्रधानमन्त्रीले नेपाललाई कोरोना भाइरसविरूद्धको खोप, अक्सिजन, मनोसामाजिक सहयोग र नेपालका जनताका लागि सामाजिक सुरक्षा आवश्यक रहेको बताएका थिए ।

जवाफमा न्यान्तीले संयुक्त राष्ट्र संघ नेपाललाई सहयोग गर्न तयार रहेको बताएकी थिइन् । उनले भनिन्, ‘प्रधानमन्त्री ओलीले खोप, अक्सिजन, मनोसामाजिक सहयोग र नेपालका जनताको सामाजिक सुरक्षाको आवश्यकतामा जोड दिनुभयो, युएन नेपाल सहयोग गर्न तयार छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिधाकुरालाई अडियो उपलब्ध गराउने तिमल्सिनालाई हिरासतमा राख्न सर्वोच्चको आदेश

  काठमाडौँ ।   सर्वोच्च अदालतले सिधाकुरा डटकममा अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध

गण्डकीमा सभामुखको बलमिच्याइँविरुद्ध कांग्रेस अदालत जाने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा असंवैधानिक

नेपालको विकासमा हरतरहको सहयोग गर्ने जापानी विदेशमन्त्रीको वचन

  काठमाडौ ।   राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोले

नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका