राष्ट्रपतिको कार्यालयले भन्यो-प्रधानमन्त्रीमा कसैको दाबी पेश भएन



काठमाडौं । राष्ट्रपतिको कार्यालयले तोकिएको समयमा सीमाभित्र कुनै पनि दलले प्रधानमन्त्रीमा दाबी गर्न नआएको जनाएको छ । सोमबार दिएको तीन दिनको म्याद आज राति ९ बजे सकिएपछि राष्ट्रपतिको कार्यालयले यस्तो बताएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले निर्धारित समयमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतसहित कसैले दाबी पेश नगरेको बताएका छन् ।

वैशाख २७ गते कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्षले सरकारको दाबी गर्दै राष्ट्रपतिलाई प्रक्रिया अघि बढाउने बताएका थिए तर उनीहरुले नै आजसम्म सरकारका लागि बहुमत जुटाउन असफल भएपछि फेरि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा