कोरोना सङ्क्रमणबाट वाग्मती प्रदेशमा एकैदिन ३४ जनाको मृत्यु



वाग्मती । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई/दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक/एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए।

वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा काठमाडौँ दुई हजार ७८८, ललितपुरका ६०२, भक्तपुरका ५३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका ११५, चितवनका १२४, सिन्धुलीका ४७, मकवानपुरका ११६, रामेछाप २४, दोलखाका १५, काभ्रे १५५ र सिन्धुपाल्चोकका ५८ जना छन् ।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ हजार ३७५ जना छन् । तीमध्ये संस्थागत आइसोलेशनमा दुई हजार ४८१, विभिन्न अस्पतालले सञ्चालन गरेको एचडियूमा ३७८, आइसियूमा ६९८, भेन्टिलेटरमा २२० उपचाररत रहेका छन् भने ४९ हजार ५९८ सङ्क्रमितहरू होम आइसोलेशन बस्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्धारित समयअगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिष्ट’बाट बाहिर

सम्पत्ति शुद्धीकरण निवारणमा एफएटिएफको ‘ग्रे लिष्ट’ मा पर्यो नेपाल

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल

पृतनापति समन्वयात्मक बैठक, सम्पन्न, यस्तो आयो निष्कर्ष

काठमाडौँ । जङ्गीअड्डामा बिहीबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको छ

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूको आग्रह

काठमाडौँ । राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा