ओलीले मधेसी दललाई फकाउनुको उद्देश्य राजनीतिक स्वार्थ बाहेक केही छैनः उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भएको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको आरोप लगाएका हुन् ।

उनले त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई निस्तेज पार्ने ओलीलाई विश्वासको मत दिन नसकिने बताए । उनले ओलीले मधेसी दललाई फकाउने प्रयास गरिरहेको आफूले बुझेको भन्दै त्यो राजनीतिक स्वार्थ बाहेक केही हुन नसक्ने बताए ।

उनले देश कोरोना महामारीले आक्रान्त बनेको बेला प्रधानमन्त्रीको ध्यान चितवनको अयोध्यातिर गएका कारण स्थिति भयावह भएको बताए । उनले कोभिडका कारण दैनिक दर्जनौ नागरिकको मृत्यु भइरहेको तर सरकार कमिशनको खेलमा लागेर खोप खरिद रोकेको आरोप लगाए ।

उनले भने,‘कमिशनको खेलमा लागेर कारण खोप समेत रोकियो । कस्तो होला ओली सरकार । जनताको जीवनसँग खेलबाड गर्ने ओलीलाई कसले विश्वास गर्ने ?’ उनले संसद चल्दा चल्दै एउटै विधेयक प्रस्तुत नगरी सभामुखलाई समेत जानकारी नदिइ अधिवेशन अन्त्य गरेको भन्दै प्रधानमन्त्रीप्रति आक्रोश पोखे । उनले ओलीका पालमा सबैभन्दा बढी मधेसीलाई मुद्दा लागेको भन्दै राजनीतिक मुद्दा राजनीतिक तबरबाट सम्बोधन गर्नुपर्ने बताए ।

तर अर्का अध्यक्ष महन्थ ठाकुरले भने ओलीले आफूहरुको केही माग सम्बोधन गरेको भएपनि त्यो अझै पर्याप्त नभएकाले आफू तटस्थ बस्ने बताए । उनले आफूहरु प्रस्तावको पक्ष र विपक्ष दुबैमा नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे

मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

लुक्ला (सोलुखुम्वु) । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एयरपोट) मा