कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ९ जनाको मृत्यु
काठमाडौं । गण्डकी प्रदेशमा उपचारका क्रममा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की, म्याग्दी, स्याङ्जा र रुपन्देहीका गरी थप ९ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६० पुगेको छ ।