सरकारद्वारा बेलायत, जर्मनी, फ्रान्स, क्यानडा र रुससँग स्वास्थ्य सामग्री सहयोगका लागि पत्राचार



काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको संक्रमणदर दिनानुदिन तीव्र गतिमा बढ्दै गइरहेका सन्दर्भमा कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको छ ।

कोरोनाको रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम् प्रभावकारी बनाउन कोभिड–१९ सहजीकरण समितिको बैठकले गरेका सिफारिसका आधारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलका अध्यक्षतामा बसेको बैठकले निर्देशन गरेअनुसार र नेपाल सरकारले समयसमयमा गरेका निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते राष्ट्रका नाममा सम्बोधनका क्रममा व्यक्त गरेका प्रतिबद्धताका आधारमा कार्ययोजना तयार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्य सचिव शङ्करदास वैरागीका अध्यक्षतामा शुक्रबार बसेको कोभिड–१९ सहजीकरण समितिको बैठकमा देशभरका अक्सिजन उद्योगको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने/गराउने, सो उद्योगमा विद्युत् तथा खानेपानीको नियमित आपूर्ति गर्ने, उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने, कोभिड अस्पतालमा भएको कुल शय्याको वास्तविक विवरण तत्काल उपलब्ध हुने गरी केन्द्रीय सूचना प्रणाली स्थापना गर्ने सम्बन्धमा छलफल भएको छ ।

यसमा वास्तविक समयको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमा राखी सर्वसाधारणले कुन अस्पतालमा कुन समयमा कति शयय्या उपलब्ध छन् तत्काल हेर्ने र आवश्यक पर्दा बिरामी लैजान सक्ने व्यवस्था मिलाउने सम्बन्धमा विस्तृत छलफल भएको छ । साथै अक्सिजन सुविधासहितको शय्या थप गर्ने, कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र मौज्दा राख्ने तथा लुकाउनेमाथि कानूनी कारवाही गर्ने÷गराउने र अक्सिजन प्रयोगको मापदण्ड यथाशीघ्र टुंग्याउनेलगायत विषयमा समेत छलफल भएको छ ।

गृह मन्त्रालयका अनुसार कोभिड–१९ दोस्रो लहरको संक्रमणको प्रभावकारी रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४९३ अस्पताल, २० हजार ३६१ शय्या, एक हजार ८१७ सघन उपचार कक्ष, ७३६ भेन्टिलेटर, २६ निजी क्षेत्रबाट सञ्चालित प्लान्ट र दुई हजार ८६५ एचडियू छन् ।

अर्थ मन्त्रालयका अनुसार एक लाख ८१ ह्जार १८६ मेडिकल उपकरण र छ हजार ६०२ औषधि भन्सारबाट पैठारी भएको छ । एक सय २० फेस सिल्ड, नौ हजार २०० पल्स अक्सिमिटर, ३० हजार सिरिन्ज र २१६ मेडिकल/सर्जिकल फर्निचर आयात गरिएको अवस्था छ । सात प्रादेशिक अस्पतालका लागि कोभिड–१९ प्रयोगशाला व्यवस्थापन खर्चस्वरुप रु. तीन करोड ३० लाख वित्तीय हस्तान्तरण भएको र १८ केन्द्रीय अस्पतालका लागि कोभिड–१९ प्रयोगशाला व्यवस्थापन खर्चस्वरुप रु चार ९५ लाख रकमान्तर भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार औद्योगिक प्रयोजनका लागि औद्योगिक प्रतिष्ठानमा प्रयोग भएका एक हजार ८७५ अक्सिजन सिलिण्डर सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता भएका छन् । यसरी फिर्ता भएका कुल अक्सिजन सिलिण्डर दुई हजार ९६९ छन् ।
यस्तै उद्योग र गृह सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेतको संयुक्त टोलीबाट बिहीबार काठमाडौंँ उपत्यकाका विभिन्न अक्सिजन उद्योगको अनुगमन भएको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट एक टोली परिचालन गरी बजार अनुगमनसमेत भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार एयर बबल सुविधाअन्तर्गत एयर इन्डियाको दिल्ली–काठमाडौंँ उडानबाट जम्मा ६१ यात्रु लिई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरी तय भएको छ । उक्त उडानका सबै यात्रुलाई नेपाल पर्यटन बोर्डको समन्वयमा मन्त्रालयबाट सूचीकृत होटलको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ ।

बिहीबारदेखि आज शुक्रबारसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, पोखरा र लुक्ला विमानस्थलबाट ५९ आन्तरिक उडान भरी १०४ यात्रु उद्वार गरिएको छ जसमा मेडिकल उद्धाररको उडान संख्या ११ र यात्रु संख्या २२ छन् ।

चीनबाट प्राप्त हुने अक्सिजन सिलिण्डरको पहिलो खेप लिन नेपाल वायुसेवा निगमको मेडिकल कार्गो उडान सोमबार गई मङ्गलबार आउने गरी हवाई मार्गमा पर्ने विभिन्न देशसँग ओभरफ्लाई र चीनमा अवतरण अनुमतिका लागि प्रक्रिया अगाडि बढेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनबाट सहयोगस्वरुप प्राप्त हुने स्वास्थ्य सामग्री (भेन्टिलेटर–४०, अटोमेटेड एनालाइजर–२०, डिआर मेसिन–१०, पोर्टेबल अल्ट्रासाउण्ड–२०, एनेस्थेसिया मेसिन–३०) एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने जनाइएको छ । चीन सरकारबाट सहायतास्वरुप प्राप्त हुने स्वास्थ्य सामग्रीमध्ये ४०० थान सिलिण्डर र १० थान भेण्टिलेटर नेपाल पठाउनका लागि आइतबारसम्म बेइजिङ क्यापिटल एयरपोर्टमा तयारी अवस्थामा रहने जनाइएको छ ।

अमेरिकी सरकारबाट केही परिमाणमा पिपिई, एन्टिजेन टेष्ट किट र अक्सिजन कन्सन्ट्रेटर यथाशीघ्र पठाइने बताइएको छ र एस्ट्राजेनेका भ्याक्सिन सहयोगका सम्बन्धमा यहाँस्थित अमेरिकी दूतावास र वासिङ्टनस्थित नेपाली राजदूतावासमार्फत आवश्यक पहल भइरहेको थाहा भएको छ ।

स्वास्थ्य मन्त्रालयको सूचीबमोजिमका सहायता सामग्री बेलायत, जर्मनी, फ्रान्स, क्यानडालगायत मुलुकबाट सहयोगस्वरुप प्राप्त गर्न पत्राचार भएको छ । एक मात्रा मात्र लगाउँदा पुग्ने र करीब ९० प्रतिशत प्रभावकारिता रहेको स्पुतनिक लाइट भ्याक्सिनको विस्तृत जानकारी मस्कोस्थित नेपाली राजदूतावासमार्फत रुसको सम्बन्धित निकायसँग माग गरिएको छ । दक्षिण कोरियाबाट सहायतास्वरुप स्वास्थ्य सामग्री जिटुजी पद्धतिबाट प्राप्त गर्नका लागि स्थानीय कोरियाली दूतावास र स्वास्थ्य मन्त्रालयबीच समन्वय भएको छ ।

त्यस्तै बङ्गलादेश सरकारबाट सहायतास्वरुप आवश्यक औषधिजन्य स्वास्थ्य सामग्री प्राप्त हुने भएको छ । भारतबाट लिक्विड अक्सिजन नेपालमा आयात गर्न लागिआएको प्रतिबन्ध आवश्यक कूटनीतिक समन्वय र प्रयासबाट हटेको छ । सो सम्बन्धमा भारतीय गृह मन्त्रालयले सूचना जारी गरिसकेको अवस्था छ ।

ढाकास्थित वेक्सिम्को फार्मामार्फत रेम्डेसिभिर सोमबार र बंगलादेश सरकारबाट थप पाँच हजार भाएल्स रेम्डेसिभिर मङ्गलबार प्राप्त हुने र सोको ढुवानी नेपालले नै गर्नुपर्ने जानकारी ढाकास्थित नेपाली राजदूतावासबाट प्राप्त भएको छ ।

महामारीका रुपमा फैलिरहेको कोभिड– १९ को रोकथाम तथा नियन्त्रण र उपचार पद्धतिलाई थप सुदृढ एवम् प्रभावकारी नेपाल सरकारद्वारा जारी भएका आदेश एवम् स्वास्थ्य मापदण्डलाई पूर्ण परिपालना गरी एकजुट भई कोभिड–१९ नियन्त्रण एवम् व्यवस्थापनसम्बन्धी कार्य गर्न÷गराउन प्रधानमन्त्री कार्यालयले सबैमा आग्रह गरेको गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ