अक्सिजन नपाएर भक्तपुरमा दुई सङ्क्रमितको मृत्यु



भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको उनले जानकारी दिए ।

एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘स्वयम्भू महोत्सव’ सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको