बाँकेमा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु



बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र एक जनाको उपचारपछि घर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा वैशाख १७ गते भर्ना भएका बैजनाथ गाउँपालिका–८ का ३७ वर्षीय पुरुषको बिहान १०.३० बजे र वैशाख २२ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी ५५ वर्षीया महिलाको दिउँसो १२ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी वैशाख २२ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी दाङ शान्तिनगर गाउँपालिका निवासी ७५ वर्षीया महिलाको बिहान ९ः१५ बजे मृत्यु भएको छ भने कोहलपुर नगरपालिका–१ निवासी ७३ वर्षीया महिलाको काठमाडौँबाट घर ल्याउने क्रममा बिहान ५ बजे बाटोमा मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट १६० जनाको मृत्यु भएको छ । बाहिरबाट बाँकेमा उपचार गराउन आउँदा १२८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘स्वयम्भू महोत्सव’ सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको