सांसद वली माओवादी प्रवेश गरेपछि मुख्यमन्त्री पोखरेल संकटमा



बुटवल । लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउन मुख्यमन्त्री शंकर पोखरेलको बहुमत नपुग्ने भएको छ । नेकपा एमालेमा रहेकी सांसद विमला कुमारी खत्री(वली) माओवादीमा प्रवेश गरेपछि पोखरेलको बहुमत गुमेको हो ।

खत्रीले दाङ प्रदेशसभा ३ (ख) बाट नेकपाका तर्फबाट चुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजन भएपछि उनी कता लाग्ने टुंगो लागेको थिएन । उनी अहिले माओवादीमा प्रवेश गरेपछि पोखरेलसँग बहुमत नपुग्ने देखिएको छ ।

उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई सम्बोधन गरेर पत्र लेख्दै आफू माओवादी केन्द्रमा लागेकी जानकारी गराएकी हुन् ।

उनको पत्रमा सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाबाट नेकपा पार्टी नरहेकाले आफू नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभाको दल सदस्य भइ क्रियाशिल रहन इच्छुक भएकाले सो पार्टीको दलको सदस्य माग गरिएको छ ।

पत्रमा उनले भनेकी छन्, ‘म विमला कुमारी खत्री २०७६ मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट निर्वाचित क्षेत्र नम्बर दाङ ३ (२) बाट लुम्बिनी प्रदेश सभा सदस्य पदमा निर्वाचित भएको हुँ । नेकपा दुई दलहरु नेकपा एमाले नेकपा माओवादी केन्द्र मिलेर एकता गरेको सबैलाई जानकारी छँदैछ । पछि सर्वोच्च अदालतको फैसलाले नेकपालाई मान्यता नदिइ पुरानै दल कायम गरिदिएको हुनाले म निवाचित भएको दल नरहेको अवस्थामा नेकपा माओवादी केन्द्र दल रोजेको छु । र आजैबाट यस दलको लुम्बिनी प्रदेश सभा दल सदस्य भएको यसै वक्तव्यमार्फत जानकारी गराउन चाहन्छु ।’

नयाँ सरकार गठनका लागि ४१ सांसद चाहिनेमा विमला माओवादीतिर लागेपछि पोखरेलको पक्षमा ४० सांसदमात्रै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

मुग्लिन । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

काठमाडौं। चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो। चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

–सुवास दर्नाल सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको