कोरोना संक्रमण जटिल बन्दै गएपनि आतंकित हुने अवस्था छैनः स्वास्थ्यमन्त्री



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण जटिल बन्दै गए पनि आतंकित हुने अवस्था भने नरहेको स्पष्ट पारेका छन् ।

शनिबार भिडियो सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले कोरोना सम्वन्धी परीक्षण र उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने स्पष्ट पारेका हुन् । मन्त्री त्रिपाठीले उपत्यकामा आइतबार एक हजार शैय्या थप गरिने जानकारी दिए ।

उनले भने, ‘बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन । सरकार जिम्मेवारीका साथ कर्तब्य पालनामा अगाडि बढेको छ ।’ सरकारले नागरिकको जीवनलाई सधैँ पहिलो प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले संसारमा उपलब्ध सबैखाले रोकथाम र उपचारका विधि अवलम्बन गरिने पनि बताए ।

एकसाता भित्र काठमाडौं उपत्यकामा ७ हजार शैय्या थप गर्ने गृहकार्य भइरहेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए । निषेधाज्ञाका कारण कतिपय स्थानमा जनजीवन कष्टकर भएको प्रति सरकार गम्भीर रहेको भन्दै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा अपील गरेका छन् ।

मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘स्वयम्भू महोत्सव’ सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको