कोरोना र अन्य बिरामीका लागि महानगरले छुट्टाछुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो ।

नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पुर्याउनेछन् । यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

नागरिकका समस्या सुनुवाइ गरेर समाधान गर्न टोल फ्रि नं ११८० लाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदायस्तरमा सचेतनाका बढाउन शिक्षकहरू परिचालन गर्ने, जोखिमयुक्त स्थानमा निसङ्क्रमण गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र स्थापनाका लागि सहयोग गर्ने निर्णय भएको छ ।

कोभिड नियन्त्रण तथा व्यवस्थापनका गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई एक लाख, मझौला वडालाई ७५ हजार र साना वडालाई ५० लाख निकासा पठाउने निर्णय भएको छ । वडास्तरीय विपद् व्यवस्थापन समितिलाई पनि अहिलेको अवस्थापमा परिचालन गरी प्रभावकारीरूपमा काम अघि बढाउन, भाइरस नियन्त्रणका लागि जनचेतनालगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने बैठकमा सहभागीहरूको धारण थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात प्रदेशबाट माघ महिनामा पक्राउ परे तीन हजार फरार प्रतिवादी, कुन प्रदेशबाट कति ?

  काठमाडौँ । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान

पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना

लिस्बन (पोर्चुगल) । युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ ।

हङ्कङ फ्लुको उपचार के छ ?

-डा. शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि

भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

भोजपुर । भोजपुर  जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न