कोरोना सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको मृत्यु



गुल्मी । कोरोना भाइरसको सङ्क्रमणबाट गुल्मीमा एक पुरुषको ज्यान गएको छ । गुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गएराति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिएका छन् ।

गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो । शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उनको अचानक घरमै ज्यान गएको बताइएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत नयाँ प्रजातिको सङ्क्रमणका कारण गुल्मीमा उनीसँगै दुई जनाको ज्यान गइसकेको छ । पछिल्लो समयमा गुल्मीमा ३९ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । सङ्क्रमित हुनेमा २२ देखि ५५ वर्ष उमेर समूहका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तन्नेरीले हाँकेको ‘परशुराम ’

टीकाराम सुनार, काठमाडौं ।  भरत बडायर जोशी, एक २८ वर्षीय युवक। भर्खरै चीनबाट

अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

अछाम । अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान

बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका–३ बैसाको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा

फुटबल प्रतियोगिताको उद्घाटनमा केक काटेर मनाए प्रधानमन्त्री ओलीले जन्मदिन

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बर्थ डे केक काटेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा