कर्णालीको राजनीति राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शनः जनार्दन शर्मा



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कर्णाली प्रदेशको राजनीतिले विधि नमान्नलाई सबक सिकाएको बताएका छन् । शनिबार ट्वीट गर्दै शर्माले यो एक सबक मात्र नभई राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शन पनि भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘कर्णालीमा राजनीति ! राजनीतिमा विधि नमान्नेलाई एक सबक मात्र होइन राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शन पनि हो ।’

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा नेकपा एमालेका चार जना सांसदले मत दिएका थिए । नेकपा एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री शाहीलाई मत दिएका थिए । पार्टीका नेताहरुलाई एकलौटी कारबाही गरी स्वेच्छाचारी निर्णय गरिरहेका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कर्णाली घटनाले झट्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीकोटका किसानलाई गोठालो भत्ता !

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम

मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ। नेपाल