राष्ट्रिय जनमोर्चाद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बुधबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी गराएका हुन् । जनमोर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ ।

सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको बताइएको छ । ‘केन्द्रमा हामीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रदेशहरूमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेका सरकारहरूलाई समर्थन कायमै राखेका थियौँ’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसको अर्थ हामीले वामपन्थीको सरकारमा जोड दिएका हौँ । गण्डकी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) अलग भएको स्थितिमा त्यहाँ ओली पक्षको मात्र सरकार हुन्छ । गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।’

‘मुख्यमन्त्रीमा माओवादी केन्द्र र नेका जुन आए पनि त्यो उनीहरुबीच बन्ने समीकरणको कुरा हो । त्यसमा हाम्रो समर्थन रहने छ । तर त्यो सरकारमा हामी भने सहभागी हुने छैनौँ’ विज्ञप्तिमा उल्लेख छ ।

जनमोर्चाले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिए पनि गण्डकी प्रदेश सरकारको समर्थन भने फिर्ता लिएको थिएन । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चासँग तीन सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ। नेपाल

जंगलमा डढेलो लगाएको आरोपमा ओखलढुंगामा दुई युवक पक्राउ

ओखलढुंगा । वनमा आगो लगाएको अभियोगमा ओखलढुंगाबाट दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका-११

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु

आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै

काठमाडौँ । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति