भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको हो ।
पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैले भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित पठनपाठन सञ्चालन हुँदै आएको थियो ।