असार महिनासम्म ६० लाख जनसंख्यालाई खोप लगाउने सरकारको योजना



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोना संक्रमणका कारण आतंकित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना संक्रमणलाई लिएर आतंक सृजना गर्ने काम बन्द गर्न आग्रह गरेका हुन् ।

उनले नेपालले खोप लगाउन सुरु गरेको र आगामी असार महिनासम्म ६० लाख जनसंख्यालाई खोप लगाउने सरकारको योजना रहेको बताए । उनले आमनागरिकलाई खोप लगाएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गर्न आग्रह गरे । उनले गतवर्षको जेठको पहिलो सातोदखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा पुगेको भन्दै त्यसपछि पुनः बढ्दै संक्रमण कात्तिकको दोस्रो साता उच्च बिन्दुमा पुगेको स्मरण गरे ।

उनले अबको दिनमा जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी बनाउन नसकिए संक्रमण बढ्दै जेठ–असारमा अर्को उच्च बिन्दुमा पुग्न सक्ने बताए । छिमेकी देश भारतमा संक्रमित बढ्दै गएको बताउँदै उनले आवागमनलाई व्यवस्थित गर्दै क्वारेन्टिन र आइसोलेनका साथै जनस्वास्थ्यका मापदण्डलाई कडाइ गरिनुपर्नेमा जोड दिए ।

मन्त्री त्रिपाठीले कोरोना संक्रमण नियन्त्रणक लागि भएको खर्चको श्वेत पत्र जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले सरकार फेरि लकडाउन गर्ने सोचमा नरहेको र सबैले आआफ्नो स्थानबाट काम गरे लकडाउन नहुने पनि बताए । उनले लकडाउने अर्थतन्त्रमा ठूलो असर पारेकाले सबैले त्यसतर्फ सोच्नुपर्ने बताए । त्यस्तै, कोरोना भाइरसविरुद्धको भ्याक्सिन खरिदसम्बन्धि अध्यादेश संसद्मा अगाडि नबढेकोमा मन्त्री त्रिपाठीले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सरकारले नीतिगत व्यवस्था गर्नका लागि अध्यादेश ल्याएको स्मरण गराउँदै भने, ’अध्यादेश पहिलो दिन प्रस्तुत हुन सकेन । यसको अभावमा खोप आउन सक्दैनथ्यो । यो अध्यादेशले कानुनी रूप लिएन भने हामीले लगाएको खोप गैरकानुनी लागुऔषधमा परिणत हुन्छ । हामीले लगाएको खोप फिर्ता लिन सकिँदैन । काननुमा व्यवस्था पनि थिएन । सरकारले बाध्यात्मक रूपले यो अध्यादेश ल्याएको हो ।’ मन्त्री त्रिपाठीले खोप उत्पादन गर्ने विभिन्न मुलुकलाई कूटनीतिक माध्यमबाट खोप प्राप्त भइरहेको पनि बताए । उनले थप २० लाख डोज खोप खरिद गरिएको पनि संसद् बैठकलाई जानकारी दिए । उनले हालसम्म कूल जनसंख्याको ६ प्रतिशतभन्दा बढी नेपाली जनताले खोप प्राप्त गरिसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौँ । गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सोमबारदेखि आवासीय सुविधा

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

तन्नेरीले हाँकेको ‘परशुराम ’

टीकाराम सुनार, काठमाडौं ।  भरत बडायर जोशी, एक २८ वर्षीय युवक। भर्खरै चीनबाट