यसवर्षको जाडो सकियो, प्रि–मनसुन शुरु



काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबर बुलेटिन जारी गरी मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ ।

अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

“तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो”, उनले भनिन् । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

  काठमाडौँ ।   मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ