काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु



काठमाडौं । काठमाडौँको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा दयमन्ती श्रेष्ठले जानकारी दिइन् ।

यसअघि पनि त्यहाँ बर्डफ्लु रोग देखिएको थियो । यही फागुन ८ गते सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार अहिले सो ठाउँलाई पूर्ण निःसङ्क्रमण गरिएको छ । बर्डफ्लु रोग देखिएपछि पाँच हजार ६५७ लेयर्स कुखुरा, सात हजार २३६ ब्रोइलर कुखुरा, दुई हजार ५०४ लोकल कुखुरा, ५० वटा टर्की, तीन हजार ५७० अण्डा र तीन हजार केजी दाना नष्ट गरिएको उनले बताइन् ।

उनले विगत एक महिनादेखि वाग्मती प्रदेशको काठमाडौँको तारकेश्वर, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा देखा परेको बर्डफ्लु रोग नियन्त्रण गरी सो क्षेत्रलगायत मुलुकभर सघन निगरानी भइरहेको जानकारी दिइन् ।

महानिर्देशक डा श्रेष्ठले रोग पुष्टि भएका क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रण लिन सङ्घ, प्रदेश र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो

  काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ ।

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।

मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित

महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन

नाबालिका हत्या आरोपमा सिरहामा छिमेकी आमाछोरी पक्राउ

  सिराहा ।  नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ