काठमाडौंको माइतीघरमा सडक विस्तार पीडितको प्रदर्शन(फोटोफिचर)



काठमाडौं । सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराईएको भन्दै पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । शुक्रबार बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।

सडक विस्तारको नाममा काठमाडौँका आदिवासी नेवारहरुलाई विस्थापित गरिएको र सभ्यताको समेत विनास भइरहेको भन्दै त्यसको विरुद्ध आन्दोलन गरिएको उनीहरुले बताएका छन् ।

बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गराएको पीडितहरुको भनाई छ । सर्वोच्च अदालतको अन्तरिम आदेश समेत नमानेर बिना मुआब्जा, बिना क्षतिपूर्ति सरकारले घर भत्काएको पीडितहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले बौद्ध

माटोको ढिस्कोमा पुरिएर कैलालीमा एकजनाको मृत्यु

गोदावरी (कैलाली) । कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर शनिबार एक महिलाको मृत्यु भएको

बालन्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बालन्यायको महत्व र आवश्यकतालाई सम्बोधन गर्न

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम