सञ्चार माध्यमको आधारमा पार्टीको आधिकारिक धारणा नबनाउन प्रचण्ड-नेपाल समूहको आग्रह



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद पुनःस्थापनापछि पार्टीको आधिकारिक धारणा नेताहरुकै मुख वा आधिकारिक ठाउँबाट बुझ्न आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार संचारमाध्यमको आधारणमा विश्लेषण नगर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि अहिले हामी संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृद्धि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं । सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गरौं । त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरुको दृष्टिकोण र अधिकारबारे अरु केही भन्न सक्दैनौ र उचित पनि हुँदैन । तर पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो

  काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ ।

सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।