थप १६० जनामा कोरोना संक्रमण, १६५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७२२१५ पुगेको छ ।
मंगलबार थप १६५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६८४३१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०४७ पुगेको छ । क्वारेन्टाइनमा ८७ जना छन् भने आइसोलेसनमा १७३७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।